काठमाडौं । काठमाडौं उपतयकामा १३ दिनको अवधिमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ ।
उपत्यकामा असार २ देखि बुधबारसम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिइन् ।
उनका अनुसार ललितपुरमा संकलन गरिएको १८ वटा नमुनामध्ये १२ वटामा हैजा फैलाउने इकालाइ जिवाणु भेटिएको छ । काठमाडौंका १० स्थानमा अहिलेसम्म हैजाका बिरामी देखा परेको पनि मन्त्रालयले जनाएको छ ।
यसबाट सुरक्षित हुन पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्रै प्रयोग गर्न र व्यक्तिगत सरसफाइमा पनि विशेष ध्यान दिन स्वास्थ्य आग्रह गरेको छ। समयमै सावधानी नअपनाए र निदान तथा उपचारको व्यवस्थामा ध्यान नदिए महामारीको रुप लिन सक्ने खतरा समेत रहेको मन्त्रालयको भनाइ छ।
प्रतिक्रिया