संसदमा ओलीले भने: एसपीपीबारे प्रधानमन्त्रीबाटै सत्यतथ्य बाहिर आउनुपर्छ

संसदमा ओलीले भने: एसपीपीबारे प्रधानमन्त्रीबाटै सत्यतथ्य बाहिर आउनुपर्छ


ग्लोब नेपाल
351
Shares

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीका सन्दर्भमा सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको विषय गाँसिएकाले यस विषयमा प्रधानमन्त्रीले संसदलाई र जनतालाई यथार्थ जानकारी गराउनुपर्ने बताए । ‘कुनै भ्रमपूर्ण प्रचारबाजी गर्ने होइन सत्य तथ्य कुरा बाहिर ल्याउनुपर्छ र यो काम सम्माननीय प्रधानमन्त्रीज्यूले गर्नुहुन्छ भन्ने मलाई विश्वास छ’, ओलीले भने, ‘तत्कालीन सेनापति छन् सोधे हुन्छ । यो कुनै गठबन्धनको विषय होइन राष्ट्रको विषय हो ।’

तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्रीका रुपमा एसपीपीका सम्बन्धमा गरेको गरेको निर्णय वा निर्देशन प्रमाण पनि संसदमा पेस गर्न उनले चुनौती दिए । एसपीपीबारे अहिले लिक भएको मस्यौदा धेरै गम्भीर भएको उनको भनाइ छ ।