काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ ।
अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर रेट परिवर्तन गरेको भन्दै अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न वा राजीनामा गराउन माग गर्दै युवा संघले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा उत्रिएका युवा संघका कार्यकर्ताहरूले ‘गठबन्धनको डेटिङमा बजेट आयो सेटिङमा’, सीसीटीभी फुटेज खाने अर्थपूर्ण मुसा, सेतो जुँगा कालो मन, देश डुबाउने मै हो भन,’ लगाएत लेखिएको प्लेकार्ड बोकेका थिए।
साथै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्ता गठबन्धन दलका केही नेताहरूले पनि उनको राजीनामा माग गरिरहेका छन् ।










प्रतिक्रिया