काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको आरोप लागेका अर्थमन्त्री जनार्दनमाथि छानबिन गर्न संसदीय विशेष छानबिन समिति गठन भएको छ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति गठन गरेको जानकारी गराएका छन् । सो समितिले बजेटमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय छनबिन गरी १० दिनभित्र प्रतिनिधि सभामा पेश गर्नुपर्नेछ ।
समितिमा निम्न सदस्यहरु छन्ः
एमालेबाट
प्रदीप ज्ञवाली
खगराज अधिकारी
भानुभक्त ढकाल
विमला विक
कांग्रेसबाट
पुष्पा भुसाल
सीताराम महतो
माओवादी केन्द्रबाट
देव गुरुङ
शक्ति बस्नेत
नेकपा एसबाट
सरला यादव
जसपाबाट
सुरेन्द्र यादव
लोसपाबाट
लक्ष्मणलाल कर्ण
प्रतिक्रिया