माओवादी बैठकले सर्वसम्मतिले पास गर्‍यो प्रचण्डको राजनीतिक प्रतिवेदन

माओवादी बैठकले सर्वसम्मतिले पास गर्‍यो प्रचण्डको राजनीतिक प्रतिवेदन


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकले प्रचण्डको प्रतिवेदन सुझावसहित पास गरेको हो। उनले असार १९ को बैठकमा संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका थिए। जसमाथि सहभागीहरुको सुझाव आएको थियो।

प्रचण्डको प्रतिवेदन पास भएसँगै बैठकका सहभागीहरु आधा घन्टा खाजा खाएर जुट्ने भएका छन्।