बाल्टिमोरमा भोली शोक सभा हुने

बाल्टिमोरमा भोली शोक सभा हुने


ग्लोब नेपाल
675
Shares

बाल्टिमोर,अमेरिका। नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सदस्य प्रदीप गिरीको १३ औं पुण्य तिथि भोली बिहिबार परेको छ । तेह्रौं पुण्यतिथिका दिन नेपाली कांग्रेसले मातहतका आफ्ना सबै निकायलाई शोक सभा गर्नका लागि निर्देशन दिएको छ । सोही अनुसार बाल्टिमोरमा पनि शोक सभा हुन लागेको आयोजक नेपाली जनसम्पर्क समितिले जानकारी दिएको छ । समितिको मेरिल्याण्ड च्याप्टरले नेता गिरीको तेह्रौं पुण्यतिथिको अवसर पारेर यस्तो शोक सभा आयोजना गर्न लागेको समितिका सभापति राजेन्द्र सेन्चुरीले जानकारी दिएका छन् ।


स्थानीय समयअनुसार भोली बिहीबार दिउँसो १:३० बजे मोर्गन स्टेट युनिभर्सिटीको लाइब्रेरीमा शोक सभा आयोजना गर्न लागिएको भन्दै च्याप्टर सभापति सेन्चुरीले नेता गिरीको विचारप्रति आबद्ध र आस्थावान सबैलाई शोक सभामा उपस्थितिका लागि अपिल गरेका छन् । नेता गिरीको ७४ वर्षको उमेरमा भदौ ४ गते राती उपचारकै क्रममा निधन भएको थियो । उहाँ क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।