वैदेशिक रोजगारीमा रहेकाहरूलाई आइपीओमा १० प्रतिशत आरक्षण कोटा

वैदेशिक रोजगारीमा रहेकाहरूलाई आइपीओमा १० प्रतिशत आरक्षण कोटा


ग्लोब नेपाल
189
Shares

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीले अबदेखि प्राथमिक सेयर निष्कासन अर्थात् (आइपीओ) मा १० प्रतिशत आरक्षण कोटा पाउने भएका छन् । मन्त्रिपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ लाई पाँचौ पटक संशोधन गर्दै वैदेशिक रोजगारीमा गएका श्रमिकलाई आइपीओमा आरक्षण दिने व्यवस्था गरेको हो ।

सर्वसाधारणले पाउँदै आएको ३० प्रतिशतबाटै १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा गएकाहरुलाई छुट्याएको बैदेशिक रोजगार विभागले जनाएको छ । तर यस्तो आरक्षण कोटा भने श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकले मात्र प्रयोग गर्न पाउनेछन् । हालको व्यवस्था अनुसार आइपिओ जारी गर्दा सङ्गठित संस्थाले जारी पुँजीको १० प्रतिशत, आयोजना प्रभावितलाई छुट्याउनु पर्छ । यस बाहेक सर्वसाधारणलाई जारी हुने कुल सेयरको ५ प्रतिशत म्युचुअल फन्डहरुलाई आरक्षित हुने गरेको छ ।