आइएमई र क्रिस्टल डाइग्नोस्टिकबीच सम्झौता

आइएमई र क्रिस्टल डाइग्नोस्टिकबीच सम्झौता

आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । आइएमई पे र सिनामंगल स्थित क्रिस्टल डाइग्नोस्टिकबीच साझेदारी सम्झौता भएको छ ।

सम्झौता अनुसार क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट प्राप्त गर्न सकिन्छ । नेपालीहरुको महान चाड दसैं–तिहारको अवसर पारी सार्वजनिक गरिएको यस सम्झौता मार्फत आइएमई पेको प्रयोगकर्ताहरुले क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट पाउनेछन् ।

हालको निम्ती ३ महिनाको लागि मात्र गरिएको यस सम्झौता मार्फत ग्राहकहरुले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवा बाहेक अरु सबै सेवामा सो छुट प्राप्त गर्न सक्नेछन् ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे” आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली – २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।