स्मार्टच्वाईस टेक्नोलोजिज र गेटवे पेमेन्ट सर्भीसबीच सम्झौता

स्मार्टच्वाईस टेक्नोलोजिज र गेटवे पेमेन्ट सर्भीसबीच सम्झौता


ग्लोब नेपाल
81
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त गेटवे पेमेन्ट सर्भीसले सञ्चालन थालनीको तैयारी गरेको युपीआइ नेपाल क्यूआर बिच अन्तरआवद्धताको लागि सम्झौता सम्पन्न भएको छ ।

बिगत २० वर्ष देखि नेपाली मन र मुटुमा राज गर्दै एससिटि युपिआई कार्ड, स्मार्ट क्यूआर लगायतको भुक्क्तानी सुबिधा दिदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इंडियामा आबद्ध भुक्क्तानी सम्यन्त्र मार्फत नेपाल र इंडिया बीच पनि कारोबार गर्न सकिने सुरु गर्ने अन्तिम तैयारी मा रहेको गेटवे पेमेन्ट सर्भीस बिच भएको एस एतिहासिक सम्झौताले मुलुकको समग्र डिजिटल भुक्क्तानी प्रणालीको बिकास तथा प्रवन्धनमा टेवा पुग्ने आश लिएको छ ।

नेपाल राष्ट्र बैंकद्वारा मिति २०७८।१०।२१ मा जारी गरेको परिपत्र #०४/०७८/७९ मार्फत सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकलाई अन्तरआवद्धताको लागि दिएको निर्देशन अनुरुप यो सम्झौता सम्पन्न भएको हो ।

यस सम्झौता पश्चात युपीआइ नेपाल क्यूआरको सुबिधा लिने बिभिन्न व्यापार-व्यवसायलाई स्मार्ट क्यूआर को नेटवर्क अन्तरगत रहेको भुक्तानी सेवा प्रदायक वालेट तथा मोबाइल बैंकिङ्ग एप मार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुक्क्तानी गर्न सक्छन भने स्मार्ट क्यूआर मार्फत भुक्तानी लिदै आएका व्यापार-व्यवसायले युपीआइ नेपाल क्यूआर नेटवर्कमा आबद्ध ग्राहकहरु मार्फत पनी भुक्तानी लीन मिल्ने भएको छ ।

मिति २०७९ भाद्र २ गते स्मार्टच्वाईस टेक्नोलोजिजको प्राँगणमा आयोजित कार्यक्रममा स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु तथा गेटवे पेमेन्ट सर्भीसको तर्फबाट महाप्रबन्धक प्रवीण रेग्मी बिच सम्झौतामा हस्ताक्षर तथा आदान प्रदान सम्पन्न भएको थियो ।