बुधबारदेखि निर्वाचन आचारसंहिता लागू

बुधबारदेखि निर्वाचन आचारसंहिता लागू


ग्लोब नेपाल
81
Shares

काठमाडौं । निर्वाचन आयोगले बुधबार (असोज १२ गते) देखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको आयोगको बैठकले आचारसंहिताबारे निर्णय गरेको आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। प्रमुख आयुक्त थपलियाले आचारसंहिता पालनालाई राजनीतिक दलहरुले कडाइका साथ पालना गर्ने विश्वास लिएको बताएका छन्।

‘निर्वाचन आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ । आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ।

आगामी मंसिर ४ गते एकै साथ प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । आयोगले दलहरुलाई २३ असोजमा उम्मेदवारको मनोनयन गर्ने कार्यसूची छ। यसअघि २ र ३ असोजमा दलहरुले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाइसकेका छन्।

आयोगले बन्दसूचीमा पेश गरिएको नाम सच्याउन १६ असोजसम्मको समय दिएको छ।