काठमाडौं । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकास्थ्ति गोठाटारमा गारमेन्ट सञ्चालक लाल महम्मदको हत्यामा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरिएको छ ।
केही दिनअघि पक्राउ परेका उनीहरूलाई काठमाडौं प्रहरी परिसरले शुक्रबार सार्वजनिक गरेको हो । महम्मदको हत्यामा पेस्तोल उपलब्ध गराउने वीरगन्जका मोहम्मद महारम मियाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।
प्रहरीले घटनामा संलग्न आरोपमा पर्साका वीरगञ्ज महानगर वडा नं। १६ का २१ वर्षीय महोरम मियाँ, वीरगञ्ज १५ का १९ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका १ की २१ वर्षीय सुमी भन्ने सुस्मिता स्याङताङलाई पक्राउ गरी सार्वजनिक गरेको हो । घटनामा महोरम र रेहानले योजनाकार र तथा हतियार व्यवस्थापनको भूमिका खेलेको तथा सुमीले लाल मोहम्मदको गतिविधि निगरानी गर्ने कार्य गरेको प्रहरीको आरोप छ ।
गत असोज ३ गते काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका २ जनाले गोली हानी फरार भएका थिए ।
घटनाका मुख्य योजनाकार लामो समयदेखि काठमाडौं बस्दै आएका नितिन मदन भएको आशंका गरिएको छ । प्रहरीका अनुसार हाल उनी फरार छन् । घटनामा भारतीय आपराधिक समूह र उनीहरूको सहयोगीका रूपमा काठमाडौंमा रहेका व्यक्तिमाथि शंका गरिएको थियो ।
घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको नेतृत्वमा अनुसन्धान टोली गठन गरिएको थियो ।
प्रतिक्रिया