काठमाडौं । नेकपा एमालेकी निवर्तमान सांसद गंगा चौधरी सतगौंवाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन् ।
एमालेबाट दाङ १ को उम्मेदवार बन्न खोजेकी चौधरीले शुक्रबार फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको बताएकी हुन् । सो क्षेत्रबाट एमालेले पोलिटव्युरो सदस्य तथा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई उम्मेदवार बनाउने थाहा पाएपछि गंगाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन् ।
उनले भनेकी छिन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक, मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहनेछु । जनता भगवान हुन् जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदैछु । हजुरहरुको साथ चाहिएको छ ।’
पहिलो र दोस्रो संविधानसभामा थरुहट पार्टीबाट समानुपातिक सभासद् भएकी चौधरी २०७४ मा एमालेको उम्मेदवार बनेर समानुपातिक सांसद भएकी थिइन् ।
प्रतिक्रिया