काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएर सम्बन्धित प्रदेश इन्चार्जमार्फत टिकट पठाएको छ ।
एमालेले अछाम १ मा भीम रावललाई प्रतिनिधि सभाको टिकट दिएन । रावलको ठाउँमा पूर्वमाओवादीबाट एमाले प्रवेश गरेका सुदूपश्चिम प्रदेशका पूर्वअर्थमन्त्री झपट बोहोराले टिकट पाएका छन् । अछाम जिल्ला कमिटीले भने रावललाई सर्वसम्मत एकल सिफारिस गरेको थियो । दश बुँदे गरी एमालेमै बसेका रावल पूर्व उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री हुन् । एमालेले टिकट वितरणको अधिकार अध्यक्ष ओलीलाई दिएको छ । त्यसै अनुसार, ओलीले टिकट फाइनल गरेका हुन् ।
यस्तै एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेस (बीपी)का उम्मेदवारलाई सहयोग गर्ने बुझिएको छ । केही प्रदेशसभामा भने एमालेले तालमेलका लागि ठाउँ राखेको छ ।
यी हुन् एमालेका उम्मेदवार:
बाजुरा : प्रतिनिधिसभामा कर्ण थापा, प्रदेशसभा (क) बल्देव रेग्मी र (ख) मा लालबहादुर थापा
बझाङ : प्रतिनिधिसभामा ऐन महर, प्रदेसशभामा एलबी रावल र अफिलाल ओखेडा
दार्चुला : प्रतिनिधिसभामा गणेश ठगुन्ना, प्रदेशसभामा हरिदेव जोशी र रामदत्त जोशी
बैतडी : प्रतिनिधिसभामा दामोदर भण्डारी, प्रदेशसभामा लिलाधर भट्ट र सुरेन्द्र दाहाल
डडेलधुरा : प्रतिनिधिसभामा कर्ण मल्ल, प्रदेशसभामा पठानसिंह बोहोरा र गजेन्द्र शाही
डोटी : प्रतिनिधिसभामा गौरी ओली, प्रदेशसभामा चक्र मल्ल र प्रेम बम
अछाम–१ : प्रतिनिधिसभामा झपड बोहोरा, प्रदेशसभामा (क) देवबहादुर कुँवर र (ख) कृष्णप्रसाद जैसी
अछाम–२ : प्रतिनिधिसभामा यज्ञ बोगटी, प्रदेशसभामा (क) भीमबहादुर बिष्ट र (ख) शिव उपाध्याय
कञ्चनपुर–१ : प्रतिनिधिसभामा तारा लामा, प्रदेशसभामा बीरबहादुर थापा र पल्लव भट्ट
कञ्चनपुर–२ : प्रतिनिधिसभामा नरबहादुर धामी, प्रदेशसभामा कृपा राना र बचनबहादुर सिंह
कञ्चनपुर–३ : प्रतिनिधिसभामा निरु पाल, प्रदेशसभा (क) मा राप्रपालाई छोड्ने, (ख) मा सुरेन्द्र बिष्ट
कैलाली–१ : प्रतिनिधिसभामा टपेन्द्र रावल, प्रदेशसभामा द्वारिका न्यौपाने, एउटामा राप्रपालाई छोड्ने
कैलाली २ : प्रतिनिधिसभामा झपड रावल, प्रदेशसभामा कमला वली र देवी पाण्डे
कैलाली ३ : प्रतिनिधिसभामा गौरीशंकर चौधरी, प्रदेशसभामा जयनारायण जोशी, एउटा राप्रपालाई छोड्ने,
कैलाली ४ : प्रतिनिधिसभामा लेखराज भट्ट, प्रदेशसभामा भीम देउवा र हरिसिंह साउद
कैलाली ५ : प्रतिनिधिसभामा नारदमुनि राना, प्रदेशसभामा यज्ञ बास्तोला र दुर्गा घिसिङ
प्रतिक्रिया