काठमाडौं । नेकपा एमालेले ताप्लेजुङबाट प्रतिनिधि सभाको टिकट योगेश भट्टराईलाई दिएको छ ।
यससँगै नेता भट्टराई दोस्रो पटक ताप्लेजुङबाट चुनाव लड्ने भएका छन् । प्रदेश सभातर्फ एमालेबाट तिलकुमार मेन्याङ्बो र मणिशंकर पोमु उम्मेदवार बन्ने भएका छन् । पार्टीले प्रदेश सभा १ अन्तर्गत तिलकुमार र २ मा मणिशंकरलाई टिकट पठाएको एमाले स्रोतले जनाएको छ ।
त्यस्तै पोमु जिल्ला कमिटी उपसचिव हुन् भने तिलकुमार पोलिटव्युरो सदस्य तथा पूर्व सांसद हुन् ।
प्रतिक्रिया