राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा भर्ना

राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा भर्ना


ग्लोब नेपाल
162
Shares

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना गरिएको छ।

शुक्रबारदेखि नै रुघाखोकी र ज्वरो आएको हुनाले राष्ट्रपतिलाई अस्पताल भर्ना गरिएको हो ।चिकित्सकहरुले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरिरहेका छन् र रगतको रिपोर्ट आउँन बाँकी रहेको अस्पतालले जनाएको छ ।

परीक्षण रिपोर्टपछिमात्र के भएको हो भन्न सकिने अस्पतालका निर्देशक डा.निरज बहादुर बमले बताए ।