एमाले नेता बालकृष्ण ढुंगेलको निधन

एमाले नेता बालकृष्ण ढुंगेलको निधन


ग्लोब नेपाल
2.7k
Shares

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको शनिबार निधन भएको छ ।

काँडाघारीस्थित आफ्नै निवासमा बाथरुममा लडेर उनको निधन भएको हो । परिवारका सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए । अहिले एमाले ओखलढुंगाका नेता कार्यकर्ता र पारिवारिक सदस्यहरू उनको निवासमा भेला भएका छन् । शव ट्वाइलेटमै रहेको र प्रहरी पनि बोलाइएको एमाले नेता जीबी खड्काले बताए ।

लामो समय जेलमा रहँदा उनलाई मिर्गौलासहित विभिन्न रोगबाट पीडित थिए। नेकपाको एकता भंग हुँदा उनी माओवादीमा नगएर एमालेमा नै बसेका थिए । ढुंगेल पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्र ओखलढुंगा क्षेत्र नम्बर २ बाट सभासद् भएका थिए ।

सशस्त्र युद्धकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठ हत्या अभियोगमा सर्वोच्च अदालतबाट दोषी ठहर भई जेल सजाय भोगेका उनी २०७५ सालमा गणतन्त्र दिवसका अवसरमा आममाफि पाएर रिहा भएका थिए ।