चुनाव नलड्ने अग्नि सापकोटाको घोषणा

चुनाव नलड्ने अग्नि सापकोटाको घोषणा


ग्लोब नेपाल
3k
Shares

काठमाडौं । प्रतिनिधि सभाका ‘निवर्तमान’ सभामुख अग्नि सापकोटाले आगामी मंसिर ४ को प्रतिनिधि सभा चुनावमा उम्मेदवर नबन्ने घोषणा छन् ।

मनोनयन दर्ताको अघिल्लो दिन पत्रकार सम्मेलन गरेर सापकोटाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने घोषणाा गरेका हुन्। २०६४, २०७० मा संविधानसभामा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष निर्वाचित भएका उनी २०७४ मा सिन्धुपाल्चोक १ बाट सांसद चुनिएका थिए ।

सापकोटाले अब युवाहरूलाई अवसर दिन चाहेको भन्दै चुनावमा प्रतिस्पर्धा नगर्ने प्रष्ट पारे । आफू सिन्धुपाल्चोक १ बाट १ नम्बरमा सिफारिस भएको र जित्ने निश्चित भए पनि युवाहरूकै लागि यस्तो कदम उठाएको उनको दाबी छ । चुनाव हार्ने डरले अन्तिम समयमा यस्तो निर्णय लिनुभएको हो ? भन्ने पत्रकारको प्रश्नमा सापकोटाले जवाफ दिए, ‘त्यस्तो बिलकुल होइन । मलाई चुनाव जित्न कुनै कठिनाइ थिएन । गठबन्धन पनि भएकाले चुनाव जित्ने निश्चित जस्तै थियो । तर, युवाहरूकै लागि भनेर यो पहलकदमी लिएको हुँ ।’

माओवादीका अर्का नेता कृष्णबहादुर महरालाई सभामुख भएकै बेला बलात्कारको आरोप लागेपछि उनले राजीनामा दिएका थिए । त्यसपछि सापकोटाले सभामुख हुने मौका पाएका थिए । सापकोटा २०७६ माघ १२ गते सभामुख निर्वाचित भएका थिए ।