काठमाडौं । नेकपा एमाले त्यागेकोका घनश्याम भुसाल रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
उनलाई सत्तारुढ गठबन्धनले साथ दिने जनाउ दिइसकेको छ । शनिबार एमाले छोडेको भुसालले आइतबार बिहान आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन् । भुसालले अब आफु सत्तारुढ गठबन्धनले समर्थन गरेको स्वतन्त्र उम्मेदवारको रुपमा आज उम्मेदवारी दर्ता गर्ने जानकारी दिए । भुसालले आफुलाई सत्तारुढ गठबन्धनका दलहरुले समर्थन गर्ने प्रतिवद्धता जनाएको बताए ।
उनले आफु राजनीतिक मान्छे भएका कारण अरूक्षेत्रबाट राजनीतिमा योगदान हुनसके पनि संसदबाटै प्रभावकारी हुने भएका कारण चुनावमा उठ्न लागेको बताए । उनले आफूलाई नेकपा माओवादी केन्द्रले आफ्नो चुनाव चिन्हबाट उम्मेदवारी दिन आग्रह गरेको भए पनि आफुले स्वतन्त्रबाटै उम्मेदवारी दिन चाहेको बताए । ‘मलाई हिजो माओवादीका साथीहरुले बिनम्रतापूर्व आफ्नो पार्टीको चुनाव चिन्ह लिएर स्वतन्त्रमा उम्मेदवारी दिन आग्रह गरे ।
भुसालले प्रचण्डले आफ्नो तर्फबाट कुनै उम्मेदवारी नदिई मलाई सघाउ गर्ने प्रतिवद्धता जनाएको बताए । व्यवहारिक राजनीतिमा जहाँ बढी संभावनाहरु छन्, त्यहीँबाट आफुले उम्मेदवारी दिन लागेको भुसालले बताए ।
प्रतिक्रिया