हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मकवापुर-१ को प्रतिनिधि सभाके उम्मेदवार बनाएपछि एमालेका कार्यकर्ताहरुले जिल्ला कार्यालय मकवानपुरमा तालबन्दी गरेका छन् ।
एमाले अध्यक्ष ओलीले मकवानपुर-१ मा राप्रपा नेपालका अध्यक्ष थापालाई प्रतिनिधि सभा चुनावमा समर्थन गर्ने निर्णय गरेका थिए । एमाले कार्यकर्ताले मकवानपुरले थापाको जनमत नभएको भन्दै उनलाई उम्मेदवार बनाउन नहुने बताएका छन् ।
राष्ट्रिय सभा सदस्य समेत रहेका एमाले नेता रामचन्द्र राईले पार्टीले गलत निर्णय गरेकाले कार्यकर्ताले विरोध जनाएको बताए ।एमालेले यो क्षेत्रबाट जिल्ला इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य रामेश्वर रानालाई उम्मेदवार तोकेको थियो । तर अन्तिममा उनलाई फिर्ता गरेर कमल थापालाई समर्थन गर्ने निर्णयमा एमाले पुगेको थियो ।
प्रतिक्रिया