पोखरा । कास्कीको निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि पाँच दलीय गठबन्धनका तर्फबाट श्रीनाथ बरालले उम्मेदवारी दर्ता गरेका छन् । उक्त प्रदेशमा प्रदेशसभा (क) का लागि विश्वप्रकाश लामिछाने र (ख) का लागि विन्दुकुमार थापाको उम्मेदवारी परेको छ ।
त्यस्तै नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि विद्या भट्टराईको उम्मेदवारी परेको छ भने प्रदेशसभा (क) का लागि भीम कार्की र (ख) का लागि मीना गुरुङको उम्मेदवारी परेको छ । यस निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका लागि माधव कँडेलको उम्मेदवारी परेको छ, भने हाम्रो नेपाली पार्टीका तर्फबाट प्रदेश सभा(क) का लागि चेतबहादुर महतको उम्मेदवारी परेको छ ।
उम्मेदवारी पछि प्रतिक्रिया दिँदै गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रीनाथ बरालले नेपाली जनताको परिवर्तनको सङ्घर्षमा २०३६ सालयता आफू निरन्तर लागिरेको बताउँदै जनताको समृद्धि र विकासको चाहनालाई पूरा गराउन उम्मेदवार बनेको स्पष्ट पारे ।
एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार भट्टराईले विभेदमुक्त समाजको निर्माण आफ्नो प्राथमिकतामा रहेको बताइन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार माधव कँडेलले भ्रष्ट्राचाररहित समाजको निर्माण नै आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पारे ।
प्रतिक्रिया