रुपन्देही । नेकपा एमालेबाट टिकट नपाएपछि पार्टी परित्याग गरेका घनश्याम भुसालले सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा रुपन्देही क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्ता गर्नुअघि आज बिहान पत्रकार सम्मेलन गर्दै नेता भुसालले ओली र आफ्नो अन्तरविरोध नवौं महाधिवेशनदेखिकै भएको बताएका थिए । मूल रुपमा कम्युनिष्ट पार्टी कस्तो बनाउने भन्ने विषयमा ओलीसँग अन्तरविरोध रहेको उनले बताए ।
पार्टी त्याग गर्नुअघि भुसालले एमालेलाई सुधार्ने आफ्नो अभियानमा आफू असफल भएको भन्दै अध्यक्ष ओलीले एमालेको गौरवशाली इतिहास समाप्त पारेको आरोप लगाएका थिए ।
प्रतिक्रिया