गुल्मी २ मा गोकर्ण विष्ट र ताप्लेजुङबाट योगेश भट्टराईको उम्मेदवारी

गुल्मी २ मा गोकर्ण विष्ट र ताप्लेजुङबाट योगेश भट्टराईको उम्मेदवारी


ग्लोब नेपाल
27
Shares

काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले प्रतिनिधि सभा निर्वाचनका लागि गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

विष्टसँगै प्रदेश सभाका लागि गुल्मी २ (क) बाट डिल्लीराज भुसाल र (ख) बाट दिनेश पन्थीले मनोनयन दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि विष्टले गुल्मीको थप विकास र जनताको सेवाका लागि नेकपा एमालेको तर्फबाट गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएको बताए ।

यसैबीच एमालेकै अर्का सचिव योगेश भट्टराईले ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा उम्मेदवारी दिएको तस्बिर राख्दै उम्मेदवारी दिएको जनाएका हुन् ।