रुपन्देही-२: राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश

रुपन्देही-२: राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश


ग्लोब नेपाल
1.4k
Shares

काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफल गर्न बोलाएको छ । निर्वाचन आयोगले बैंकिङ कसूरसम्बन्धी मुद्दामा अदालतले सजाय तोकेका गुरुङको उम्मेदवारी खारेज गरेको थियो ।

त्यसका विरुद्धमा गुरुङ सर्वोच्च अदालत गएका थिए । सो क्षेत्रमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् । राजुसँगै अन्य दुईजना स्वतन्त्र उम्मेदवारको मनोनयनसमेत आयोगले खारेज गरेको थियो ।