काठमाडौं । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा कात्तिक १ गते मंगलबार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी संस्कृतिविद् जोशीको निधनमा सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, कूटनीतिक नियोगहरूमा (१ कात्तिक) मङ्गलवार बिदा दिने निर्णय भएको बताए । यस्तै सरकारले मङ्गलवार राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि गरेको छ ।
जोशीको १०३ वर्षको उमेरमा हिजो निधन भएको थियो ।किष्ट अस्पतालमा उपचारका क्रममा जोशीको निधन भएको हो ।
प्रतिक्रिया