काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने भएको छ । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको “नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन २०७९, केन्द्रीय प्रचार–प्रसार समिति”को पहिलो बैठकले प्रदेश, जिल्ला, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र र स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने निर्णय गरेको हो ।
मंसिर ४ गते हुने आम निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रका समाचार, जानकारी, निर्वाचन गतिविधि केन्द्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने र केन्द्रीय सञ्चार केन्द्रबाट आवश्यक जानकारी प्रदेश, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहसम्मका प्रचार–प्रसार समिति र पार्टी संयन्त्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रचार सामाग्री उत्पादन तथा प्रचार–प्रसारका लागि उप–समितिहरु गठन
क) नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन टेलिभिजन समन्वय तथा प्रचार–प्रसार उपसमिति
संयोजकः डा. डीला संग्रौला, केन्द्रीय सदस्य एवम् सदस्य केन्द्रीय प्रचार–प्रसार समिति
ख) नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन युवा प्रचार नेटवर्क
संयोजकः उमेशजंग रायमाझी, केन्द्रीय सदस्य एवम् सदस्य केन्द्रीय प्रचार–प्रसार समिति
ग) नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन जिल्ला सम्पर्क समिति समन्वय तथा प्रचार–प्रसार उपसमिति
संयोजक : जीतजङ्ग बस्नेत, केन्द्रीय सदस्य एवम् सदस्य केन्द्रीय प्रचार–प्रसार समिति
घ) नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सूचना संकलन तथा अनुगमन उपसमिति
संयोजकः नैनसिंह महर, केन्द्रीय सदस्य एवम् सदस्य केन्द्रीय प्रचार–प्रसार समिति
ङ) नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सामाजिक सञ्जाल प्रसार–प्रसार उपसमिति
संयोजकः राजीव ढुंगाना, केन्द्रीय सदस्य एवम् सदस्य केन्द्रीय प्रचार–प्रसार समिति
च) नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन रेडियो एफएम समन्वय तथा प्रचार–प्रसार उपसमिति
संयोजकः गंगालक्ष्मी अवाल, केन्द्रीय सदस्य एवम् सदस्य केन्द्रीय प्रचार–प्रसार समिति
छ) नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सांस्कृतिक समन्वय तथा प्रचार–प्रसार उपसमिति
संयोजकः विद्या तिमिल्सिना, केन्द्रीय सदस्य एवम् सदस्य केन्द्रीय प्रचार–प्रसार समिति
ज) नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमिति
संयोजकः उर्मिला थपलिया, केन्द्रीय सदस्य एवम् सदस्य केन्द्रीय प्रचार–प्रसार समिति
झ) नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अनलाईन मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमिति
संयोजक : किरण गिरी, पूर्व केन्द्रीय सदस्य एवम् सदस्य केन्द्रीय प्रचार–प्रसार समिति
ञ) नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रवास समन्वय प्रचार–प्रसार उपसमिति
संयोजकः किरणराज शर्मा पौडेल, पूर्व आमन्त्रित केन्द्रीय सदस्य एवम् सदस्य केन्द्रीय प्रचार–प्रसार समिति
ट ) नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन छापा माध्यम समन्वय तथा प्रचार–प्रसार उपसमिति
संयोजकः श्री रमेशप्रसाद धमला, सदस्य केन्द्रीय प्रचार–प्रसार समिति
ठ) नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन विषयवस्तु उत्पादन उपसमिति
संयोजकः डा. प्रभु बुढाथोकी, सदस्य केन्द्रीय प्रचार–प्रसार समिति
ड) नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन खेलकूद क्षेत्र समन्वय तथा प्रचार–प्रसार उपसमिति
संयोजकः कर्माछिरिङ्ग शेर्पा, सदस्य केन्द्रीय प्रचार–प्रसार समिति
प्रतिक्रिया