अपूर्व क्षितिजलाई धरौटीमा छाड्न अदालतको आदेश

अपूर्व क्षितिजलाई धरौटीमा छाड्न अदालतको आदेश


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले अपूर्व क्षितिज सिंहलाई साढे २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश माधवप्रसाद मैनालीको इसलासले बिहीबार अपूर्वलाई साढे २ लाख धरौटीमा छाड्न आदेश गरेको उनको तर्फका वकील शान्तिराम खतिवडाले जनाएका छन् । अपूर्वले धरौटी बुझाए आजै छुट्नेछन् ।

युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका उनले नेवाः समुदायलाई होच्याउने गरी विषयवस्तु प्रशारण गरेको भन्दै उजुरी परेपछि उनी पक्राउ परेका थिए । उनीविरुद्धको अभियोगपत्र जिल्ला अदालत काठमाडौंमा पेश भएपछि बिहीबार थुनछेक बहस भएको थियो ।