गोरखा ग्लोबल समाजको नेतृत्वमा हङकङका ढकाल निर्विरोध

गोरखा ग्लोबल समाजको नेतृत्वमा हङकङका ढकाल निर्विरोध


ग्लोब नेपाल
54
Shares

गोरखा । विश्वभर छरिएर रहेका गोरखालीहरुको साझा संस्था गोरखा ग्लोबल समाजको नयाँ नेतृत्व हङकङका गोर्कण ढकालको काँधमा परेको छ । गोरखास्थित मिराकल होटलमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय महाधिवेशनबाट ढकाल निर्विरोध अध्यक्षमा चुनिएका हुन् । ढकाल गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङका अध्यक्ष समेत हुन् ।

यस्तै उपाध्यक्षहरुमा त्रिलोचन पोखरेल (अस्ट्रेलिया), कृष्ण भट्टराई (कतार), आकाश बन्जरा (हङकङ), वम बहादुर बम (बेलायत), कमला काप्री (बेलायत) र गणेश लामिछाने चयन भएका छन् । यसैगरी जापान निवासी विराट खनाललाई महासचिवको जिम्मेवारी दिइएको छ । यस्तै सचिवमा बेल्जियमका मदन दवाडी र मलेसियाका प्रेम पाण्डे चयन भएका छन् ।

यस्तै बेलायतका ज्ञानेन्द्र आले मगरले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् । त्यस्तै सहकोषाध्यक्षमा जर्मनीका सरोज अर्याल चयन भएका छन् । त्यसैगरी युवा संयोजकको जिम्मेवारी नेदरल्यान्डका सुभाषसिंह बस्नेतलाई दिइएको छ । अधिवेशनले जर्मनीका रामप्रताप थापा प्रमुख रहेको ४ सदस्यीय संरक्षक समिति समेत गठन गरेको छ। संरक्षक समितिको सदस्यहरुमा जयप्रकाश गुरुङ (बेलायत), हरिहर अर्याल (फ्रान्स) र विनय अधिकारी (बेलायत) रहेका छन् ।

कार्यसमिति सदस्य भने पदाधिकारीको बैठकले चयन गर्ने सहमति भएको छ । अधिवेशनको उदघाटन नेकपा माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले गरेका थिए । २०१६ मा स्थापना भएको यो संस्थाले विश्वका विभिन्न २ दर्जनभन्दा बढी मुलुकमा शाखा जन्माइसकेको छ ।