कांग्रेसको सांस्कृतिक समन्वय तथा प्रचार प्रसार उपसमितिमा सदस्यहरू मनोनीत

कांग्रेसको सांस्कृतिक समन्वय तथा प्रचार प्रसार उपसमितिमा सदस्यहरू मनोनीत


ग्लोब नेपाल
405
Shares

काठमाडौं । मङ्सिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले सांस्कृतिक समन्वय तथा प्रचार प्रसार उपसमितिमा सदस्यहरू मनोनीत गरेको छ । काँग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं केन्द्रीय प्रचार–प्रसार समितिका सदस्य विद्यादेवी तिमिल्सिनाको संयोजकत्वमा गठित उपसमितिमा प्रदेश संयोजक र सदस्यहरू मनोनयन गरिएको कांग्रेसले जनाएको छ ।

‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय प्रचार प्रसार समिति’ का संयोजक एवं पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले सातै प्रदेशमा संयोजक र ३ सय ८६ सदस्य मनोनयन गरेका हुन् ।