सुदूपश्चिमबाट प्रचण्डको चेतावनीः गठबन्धनले चुनाव नजिते देश दुर्घटनामा पर्छ

सुदूपश्चिमबाट प्रचण्डको चेतावनीः गठबन्धनले चुनाव नजिते देश दुर्घटनामा पर्छ


ग्लोब नेपाल
189
Shares

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न मंसिर ४ गते हने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सत्ता गठबन्धनले नजिते देश दुर्घटनामा पर्ने चेतावनी दिएका छन् ।

सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई धनगढीमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सत्ता गठबन्धनले मंसिर ४ को चुनाव नजिते देश दुर्घटनामा जाने बताए। ‘हामी कमजोर हुनु् भनेको देश दुर्घटनामा जाने खतरा बढ्नु हो, त्यसैले हामीलाई जिताउनुस्ु’ उनले भने, ‘हामीले राजनीतिक परिवर्तन ल्याएर त्यसलाई दिगो बनाउन सकेनौँ। हामीले सुशासन ल्याउन नसक्दा देशमा अस्थिरता आएको छ। अब हामीले मंसिरमा चुनाव जितिसकेपछि देशमा आर्थिक क्रान्ति ल्याउँछौँ।’

उनलले हरेक निर्वाचनका आफ्ना विशेषता हुने बताउँदै मंसिर ४ मा आफूहरुको उद्देश्य संविधानको रक्षा भएको पनि बताएका छन्। ‘मंसिर ४ गते हुने निर्वाचनमा बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नुछ। हाम्रो उद्देश्य देशमा विकास र समृद्धिको अभियान पनि लैजानु होु, उनले भने ुअहिले देशमा अर्को पनि गठबन्धन आएको छ। त्यसको अलग उद्देश्य छ संस्कृति छ। अर्को गठबन्धनले संविधान बदलेर गणतन्त्र उल्ट्याउन खोजिरहेको छ। त्यो गठबन्धन दलहरुका अनुहार हेर्नु भएको होला। इतिहासको रछ्यानमा मिल्काइएको राजतन्त्र उल्ट्याउने रे !’

एउटा विशिष्ठ परिस्थितिमा यो गठबन्धन बनेको भन्दै प्रचण्डले भने., ‘हामी नेतृत्व तहमा केन्द्रीय नेताहरु एक छौँ। हाम्रो मनासाय एकै छ भन्ने सन्देश दिन खोजेका हौँ। हामी प्रदेशका गठबन्धनका साथीहरुसँग साथमै छौँ भन्न आएका हौँ । गठबन्धनको जित पक्का गर्नुपर्छ भन्ने अपिल गर्ने पनि हाम्रो उद्देश्य हो। एउटा विशिष्ठ परिस्थितिमा यो गठबन्धन बनेको हो। संविधान, गणतन्त्र र व्यवस्था नै धरापमा परेको थियो ।’

अध्यक्ष प्रचण्डले संविधान च्यात्नेहरुको गठबन्धन अर्कातिर भएकाले सचेत हुन पनि आग्रह गरे। ‘यो देश स्थिरता र विकासमा जान नपाओस् भनेर गरिएको गठबन्धन छ’उनले भने, ‘अग्रगमन र प्रतिगमनबीचको महासंग्राम हो मंसिर ४ को चुनाव। सानातिना कुरा बिर्सिएर गठबन्धनलाई विजयी गराउनुस्।’