कांग्रेसले भोलि घोषणापत्र सार्वजनिक गर्ने

कांग्रेसले भोलि घोषणापत्र सार्वजनिक गर्ने


ग्लोब नेपाल
864
Shares

काठमाडौं । नेपाली कांग्रेसले भोलि मात्र घोषणापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेसले आज साँझ ५ बजेका लागि घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम राखेको थियो । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यव्यस्तताले गर्दा उक्त कार्यक्रम भोलि बिहान १० बजेका लागि सारिएको छ ।

घोषणापत्र तयारी समिति सदस्य डा.गोविन्दराज पोखरेल अनुसार निर्वाचन क्षेत्रमा रहेका नेतालाई जुममार्फत सहभागी हुने निर्देशन दिइएको छ। सत्ता गठबन्धनमा रहेको अर्को पार्टी माओवादी केन्द्रले भने आफ्नो चुनावी घोषणापत्र तिहारपछि मात्रै सार्वजनिक गर्ने जनाएको छ।