बेलायती सभामुख र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

बेलायती सभामुख र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता


ग्लोब नेपाल
54
Shares

लन्डन । बेलायत भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संयुक्त अधिराज्य (यूके)का हाउस अफ कमन्सका सभामुख सर लिण्ड्से होयलसँग बेलायती संसद भवनमा भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा उनीहरुबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषयहरु विशेषगरी दुई देशका संसद भ्रमण तथा अनुभव आदानप्रदान र भूपू गोर्खासम्बन्धी विषयमा विचार आदानप्रदान भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

भेटमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना एवं राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल सहभागी थिए ।

यसै सिलसिलामा अध्यक्ष तिमिल्सिना २४ अक्टोबर २०२२ मा बेलायतको संसदमा रहेको बेलायत(नेपाल मैत्री समूहका अध्यक्ष वीरेन्द्र शर्माले आयोजना गरेको दिवाभोजमा सहभागी भए ।

टोपी बिक्रीबाट राम्रो मनग्य आम्दामी लिनुभयो । यस वर्षको तिहार मध्य समय भएको छ तर येङ्देनले अहिलेसम्ममा एक सय थान मात्र टोपी बिक्री गर्नुभएको छ । दसैँ तिहारमा विगतमा जस्तो ढाकाको टोपीको व्यापार नभएको फुङ्लिङ–७ अवस्थित सोनी ढाका कपडा उद्योगका कार्यरत एक उद्यमीले बताउनुभयो ।

लामो समयदेखि ढाकाको टोपी प्रयोग गर्दै आएका उपभोक्तामा अल्लोको कपडा रोजाइमा पर्न थालेको फुङ्लिङ–५ का विक्रम लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो, “उपभोक्ता जहिले पनि नयाँ वस्तुको खोजीमा हुन्छन् ।

ढाकाको टोपी विगतदेखिनै प्रयोगमा छ । अल्लोबाट बनेको टोपी भर्खरदेखि प्रयोगमा आउँदै छ ।” ताप्लेजुङमा अल्लोको टोपी प्रयोगमा आउन थालेको धेरै समय भएको छैन । त्यसैले पनि उपभोक्ताको रोजाइमा पर्न थालेको पाइन्छ ।