१४ सीटमा सत्ता गठबन्धनका दलबीच मित्रवत प्रतिस्पर्धा

१४ सीटमा सत्ता गठबन्धनका दलबीच मित्रवत प्रतिस्पर्धा

५ निर्वाचन क्षेत्रमा छलफल जारी


ग्लोब नेपाल
108
Shares

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका दलहरुबीचमा पनि आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका क्रममा केही क्षेत्रमा प्रतिस्पर्धा हुने भएको छ।

प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रको भागबन्डाका क्रममा कतिपय क्षेत्रमा दोहोरो उम्मेदवारी दिएका सत्ता गठबन्धनका दलहरुले केही ठाउँमा मित्रवत प्रतिस्पर्धा गर्ने भएका हुन् । खासगरी दुई वर्षसम्म गठबन्धनमा रहेको जनता समाजवादीले छाडेर नेकपा एमालेसँग तालमेल गर्न पुगेपछि यस्तो अवस्थामा उत्पन्न भएको छ।

जसपाले छाडेपछि भित्रिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि अटाएर लैजाने क्रममा केही निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबीच नै प्रतिस्पर्धाको अवस्था आएको हो।गठबन्धनका शीर्ष नेताहरुले शुक्रबार साझा उम्मेदवारको सूची सार्वजनिक गर्ने क्रममा प्रतिनिधिसभाका ३ वटा सीटमा मित्रवत प्रतिस्पर्धा गर्ने जनाएका छन् ।
गठबन्धन दलहरुबीच प्रदेशसभाका ११ वटा क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्ने भएका छन् । त्यस्तै ५ वटा प्रदेशसभाका क्षेत्रमा अझै पनि मिलाउन छलफल जारी रहेको छ ।

यी हुन् मित्रवत प्रतिस्पर्धा हुने क्षेत्रहरु

प्रतिनिधिसभा

धनुषा २ – कांग्रेस र नेकपा एस

सर्लाही २ – माओवादी र लोसपा

काठमाडौं १० – कांग्रेस र माओवादी

प्रदेशसभा

सर्लाही १ (१) – माओवादी र लोसपा

महोत्तरी २ (२) – नेकपा एस र लोसपा

बारा १ (२) – कांग्रेस र नेकपा एस

पर्सा ३ (२) – कांग्रेस र नेकपा एस

काठमाडौं ३ (२) – कांग्रेस र नेकपा एस

काठमाडौं ५ (२) – कांग्रेस र नेकपा एस

काठमाडौंं १० (१) – कांग्रेस र माओवदाी

काठमाडौं ६ (२) – कांग्रेस र माओवादी

बाँके २ (१) – कांग्रेस र नेकपा एस

बाँके २ (२) – कांग्रेस र माओवादी

कन्चनपुर २ (२) – कांग्रेस र नेकपा एस

कन्चनपुर ३ (१) – माओवादी र नेकपा एस

छलफल जारी

स्याङ्जा २ (१) – कांग्रेस र नेकपा एस

हुम्ला १ – माओवादी र नेकपा एस

सुर्खेत २ (१) – कांग्रेस र नेकपा एस

सुर्खेत २ (२) – माओवादी र नेकपा एस

बाजुरा १ – माओवादी र नेकपा एस