एमालेलाई मत दिनुपर्ने कारणबारे मतदातालाई ओलीका ६ प्रश्न

एमालेलाई मत दिनुपर्ने कारणबारे मतदातालाई ओलीका ६ प्रश्न


ग्लोब नेपाल
27
Shares

काठमाडौं । नेकपा एमालेले आसन्न ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै चुनावी घोषणा पत्र ल्याएको छ।

होटल याक एन्ड यतिमा आयोजित कार्यक्रमबीच ओलीले चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन्। ओलीले सार्वजनिक गरेको घोषणा पत्रमा एमालेलाई नै मत दिनुपर्ने ६ कारणबारे प्रश्न गरेका छन्।

एमालेलाई र गठबन्धनलाई मत दिनुपर्ने र नपर्ने कारणसहितका प्रश्न घोषणा पत्रको सुरुमै गरिएको हो।

के हुन् ओलीले सोधेका ती प्रश्न  

  • राष्ट्रिय हित स्वाधिनता र स्वाभिमानको रक्षा कि बाह्या सम्बन्धनमा गम्भीर विचलन र राष्ट्रिय हितमा आघात हस्तक्षेप ?
  • राजनीतिक स्थायित्व कि सत्ता बाँडफाँटका नाममा अन्त्यहीन अस्तथिरता कि अन्त्यहीन किचलो ?
  • मितव्ययी पारदर्शी र जनउत्तरदायी शासन व्यवस्था कि सीमित व्यक्तिहरुको स्वार्थपूर्तिका लागि राज्यसंयन्त्रको दुरुपयोग ? 
  • राष्ट्रिय पुँजी निर्माण आत्मनिर्भरता र मुलुकको समृद्धि कि अर्थतन्त्रको दोह, परनिर्भरता र बर्बादी ?
  • समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षाको प्राप्ति कि सीमित नेताहरुको सत्तास्वार्थको परिपूर्ति ?