सेञ्चुरी बैंक र दराजबीच छुट प्रदान गर्ने सम्झौता

सेञ्चुरी बैंक र दराजबीच छुट प्रदान गर्ने सम्झौता


ग्लोब नेपाल
189
Shares

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक र दराज केयमु प्रा‍. लि. बीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने गरि सम्झौता भएको छ । यो योजना कार्तिक २५ गते देखि लागू हुनेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसी र दराज केयमुका तर्फबाट पेमेन्ट प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरे ।

बैंकमा खाता रहेका ग्राहकहरुले दराजको ११.११ अभियानमार्फत अनलाईन सामान खरिद गर्दा बैंकको डेबिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम १५% वा रु. २००० र ५०० रूपैयाँसम्मको छुट र क्रेडिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम २०% वा रु‍. ३,००० रूपैयाँसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डको ई–कमर्स सेवा सुचारु गर्नुपर्नेछ।

सेञ्चुरी कमर्सियल बैंकको १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम रहेको छ ।