काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको सेयर सूचिकृत भएको छ। कम्पनीले लिलामीमार्फत बेचेको १० लाख ७ हजार १७० कित्ता संस्थापक सेयर नेप्सेमा सूचीकृत भएको हो।
केही समयअघि यो कम्पनीले जारी गरेको हकप्रदमा बिक्री नभएको संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्री गरेको थियो।
उक्त शेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो । सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि कम्पनीको उक्त शेयर दोस्रो बजारमा खरिदबिक्री गर्न सकिनेछ ।
प्रतिक्रिया