जसपाको घोषणापत्र: प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री (पूर्णपाठ)

जसपाको घोषणापत्र: प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री (पूर्णपाठ)


ग्लोब नेपाल
270
Shares

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) नेपालले आसन्न ४ मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आफ्नो प्रतिबद्धता (घोषणा) पत्र सार्वजनिक गरेको छ ।

जसपाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेशहरूमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको मुद्दा घोषणपत्र मार्फत अघि सारेको छ । शनिबार सार्वजनिक जसपाको घोषणापत्रमा संघमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको सरकार गठन हुनुपर्ने भनेको छ ।

जसपाले संघमा सरकार निर्माण गरेमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेशहरूमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । ‘प्रत्यक्ष तथा सहभागितामूलक समावेशी लोकतन्त्रको मान्यताअनुरूप संघमा बालिग मताधिकारमा आधारित जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था गर्ने’, जसपाको घोषणापत्रमा लेखिएको छ, ‘प्रदेशहरूमा मुख्यमन्त्री तथा विशेष संरचना र स्थानीय तहहरूमा त्यहाँको कार्यकारी प्रमुख पनि बालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने ।’

जसपाले कार्यकारी राष्ट्रपतिले समावेशी मन्त्रिपरषद् गठन गर्ने व्यवस्था हुने भन्दै अगाडि लेखेको छ, ‘कार्यकारी राष्ट्रपतिले समावेशी रूपमा सक्षम व्यक्तिहरूको छनौट गरी मन्त्रिपरिषद् बनाउने । शक्तिपृथकीकरणको सिद्धान्तअनुरूप मन्त्रीहरू राजनीतिज्ञ र विशेषज्ञमध्येबाट राष्ट्रपतिले नियुक्त गर्ने ।’

त्यस्तै शासकीय स्वरुपमा कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने तथा कार्यकारी राष्ट्रपतिले समावेशी रूपमा सक्षम व्यक्तिहरूको छनोट गरेर मन्त्रिपरिषद् बनाउने उल्लेख गरेको छ ।

प्रतिबद्धता पत्रको प्रस्तावनामा नै काँग्रेसलाई सर्वसत्तावादीको आरोप लगाएको छ । नवउदारवादी पुँजीवादी व्यवस्थाको रक्षालाई नै आफ्नो ध्येय ठान्ने काँग्रेसको राजनीतिक चरित्र सत्ता प्राप्ति रहेको आरोप जसपाले लगाएको छ ।

यस्तो छ जसपाको घोषणापत्र: