काठमाडौं । बागमती प्रदेश सभा सदस्य पदका उम्मेदवार छिरिङ दोर्जे लामाले व्यवहारमै राजनीतिलाई समाज सेवामा परिणत गर्ने बताएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ३ (क) का प्रदेश सभा सदस्य उम्मेदवार लामाले राजनीति उत्कृष्ट समाजसेवा रहेकाले यसलाई व्यवहारमै परिणत गर्नुपर्ने बताएका हुन् । कांग्रेसका नेतासमेत रहेका लामाले राजनीतिलाई समाजसेवमा परिणत नगरे भ्रष्टाचार बढ्ने पनि बताए ।
सत्तारुढ गठबन्धनका साझा उम्मेदवारसमेत रहेका उनले सामाजिक सेवाको उत्कृष्ट नमुना रहेको भन्दै आफूले पनि राजनीतिलाई लाभको पेसाको रुपमा नलिएको बताए । ‘राजनीति समाजसेवाको उत्कृष्ट हो, जबसम्म राजनीतिलाई समाजसेवाको रुपमा व्यवहारमा परिणत गर्न सकिँदैन, यसले भ्रष्टाचार मात्र बढाउँछ,’ उनले भने, ‘राजनीतिलाई समाजसेवामा परिणत गर्नुपर्छ भन्ने मान्यता राख्छु र व्यवहारमै देखाएको छु ।’
यसअघि पनि प्रदेश सभामा निर्वाचित भएर एक कार्यकाल बिताएका लामाले आफूले पहिलो कार्यकालमा पनि प्रदेशसभा जनताको पक्षमा काम गरेको दाबी गरे । सो कार्यकालमा पनि राजनीतिलाई समाजसेवाकै रुपमा बिताएको बताएका उनले आफ्नो निर्वाचन क्षेत्रमा ढल व्यवस्थापन, खानीपानीसहितका समस्या समाधान गर्न पहल गरेको बताए । यसका बाँकी काम अबको कार्यकालमा पूरा गरेरै छाड्ने उनको प्रतिबद्धता छ ।
विकासका काममा बाधाको रुपमा देखिएका कानुन संशोधन गर्ने, आवश्यक कानुन बनाउने भन्दै उनले कुनै समस्या परेका आम जनताले फोनबाट जानकारी गराउन सकिने बताए । सूचना प्राप्त भएमा समाधान गर्न पहल गर्ने उनले प्रतिबबद्धता जनाए।
प्रतिक्रिया