सिटी एक्सप्रेसको मेगा बम्पर उपहार: विजेतालाई ५ तोला सुन

सिटी एक्सप्रेसको मेगा बम्पर उपहार: विजेतालाई ५ तोला सुन


ग्लोब नेपाल
108
Shares

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनामा जीवन रायमाझीले ५ तोला सुन जित्न सफल भएका छन् ।

विद्युतीय प्रणालीमार्फत विजेता छनौट गर्दा साउदी अरबबाट रेमिटान्स पठाउने रायमाझीले ५ तोला सुन जित्न सफल भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गत मेगा बम्पर उपहार ‘५ तोला सुन’ जितेका हुन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते समस्त नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६३ दिन सम्म चलेको “बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो ” उपहार योजना घोषणा गरेको थियो । सोही योजना अन्तर्गत भदौ १५ देखी असोज ११ गते सम्म अन्य चार जनाले साप्ताहिक उपहार १०/१० तोला चाँदी जित्न सफल भैसकेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।