यती स्काई क्लब सदस्यहरुलाई काठमाडौंका विभिन्न रेष्टुरेण्टहरुमा ५० प्रतिशतसम्म छुट

यती स्काई क्लब सदस्यहरुलाई काठमाडौंका विभिन्न रेष्टुरेण्टहरुमा ५० प्रतिशतसम्म छुट


ग्लोब नेपाल
0
Shares

काठमाडौं । यती एअरलाइन्सका स्काई क्लब सदस्यहरुले अब भोज डिल्समा छुट पाउने भएका छन् । प्रसिद्ध फुड एप भोज डिल्ससँगको सहकार्यमा यतीले आफ्नो स्काई क्लबका सदस्यहरुलाई काठमाडौंका १५० वटा भन्दा बढी रेष्टुरेण्टहरुमा डिस्काउण्ट पाउने व्यवस्था मिलाएको हो । भोज डिल्सको ‘डाइन इन डिल्स’ अन्तर्गतका पार्टनर रेष्टुरेण्टहरुमा बिल भुक्तानी गर्दा यती एअरलाइन्सको स्काई क्लब कार्ड देखाएमा १० देखि ५० प्रतिशतसम्म छुट हुनेछ ।

यती एअरलाइन्सले ‘लोयल्टी प्रोग्राम’ अन्तर्गत स्काई क्लबको सदस्यता लिएका यात्रुहरुलाई माइलेज प्वाइन्ट्सका आधारमा निःशुल्क हवाई टिकट प्रदान गर्दै आइरहेको छ भने आफ्ना फ्रिक्वेन्ट फ्लायर्सहरुलाई थपसुविधा दिने उद्देश्यले ‘डाइन इन डिल्स’मा यो छुटको सुुविधा दिने व्यवस्था मिलाइएको हो । यो सुविधा मंसिर १ बाट काठमाडौं उपत्यकाका विभिन्न १५० वटा भन्दा बढी रेष्टुरेण्टहरुमा लागू हुनेछ । कुन रेष्टुरेण्टहरुमा कति छुट पाउने भन्ने जानकारी यती एअरलाइन्सको वेबसाइटबाट लिन सकिने छ ।

यती स्काई क्लबको नयाँ सदस्य बन्नका लागि एअरलाइन्सको वेबसाईट वा यती मोबाइल एप्स मार्फत् अनलाइन रिक्वेस्ट पठाउन सकिन्छ भने टेलिफोनमा सम्पर्क गरेर पनि सजिलै निःशुल्क सदस्यता लिन सकिने जानकारी एअरलाइन्सले दिएको छ ।