गुल्मी । गुल्मी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर- २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट २०३४ मतान्तरका साथ विजयी भएका छन् ।
बिष्टले नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई हराउँदै लगातार तेस्रो पटक सांसद भएका छन् । बिष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४२ मत पाइन् ।
बिष्टले २७० र २०७४ को चुनाव पनि जितेका थिए । यो जितसँग उनले संसदीय चुनावमा ह्याट्रिक पूरा गरेका छन् ।
प्रतिक्रिया