गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावी परिणाम अपेक्षाभन्दा केही फरक आएको बताएका छन् । गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भएको प्रमाणपत्र लिएपछि विजयी सभामा अध्यक्ष दाहालले गठबन्धन सफल भए पनि अपेक्षित परिणाम नआएको बताए ।
‘यो गठबन्धन अहिलेसम्म हेर्दा सफल भएको छ । तर हाम्रो अपेक्षाअनुसार परिणाम आएन,’ अध्यक्ष दाहालले भने, ‘नसोचेका नसोचेका केही कुरा भए ।’
गोरखाबाट निर्वाचित गराएर जनताले जीवनको अन्त्यतिर नयाँ र चुनौतीपूर्ण जिम्मेवारी दिएको उनले बताए । उनले भने, ‘तपाईंहरूको जनप्रतिनिधि भएर सिंहदरबार छिर्दै गर्दा मैले नयाँ जिम्मेवारी पाएको महसुस गर्दै छु । यसलाई मैले जीवन अन्त्यतिरको अवसर र चुनौतीका रुपमा लिएको छु ।’
समग्र देशको निर्वाचन परिणाम अपेक्षित नआए पनि गठबन्धन सफल भएको उनको भनाइ छ । उनले गठबन्धनको बैठक बस्नुपर्ने भएकाले आजै काठमाडौं जाने तयारी रहेको जानकारीसमेत दिए।


प्रतिक्रिया