ब्राजिल र स्वीटजरल्याण्ड नकआउट चरणमा

ब्राजिल र स्वीटजरल्याण्ड नकआउट चरणमा


ग्लोब नेपाल
54
Shares

दाेहा । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह जीचको अन्तिम खेलपछि ब्राजिल र स्वीटजरल्याण्ड नकआउट चरणमा प्रवेश गरेका छन् ।

कतारमा आज भएको खेलमा ब्राजिल क्यामरुनसँग १–० गोल अन्तर पराजित भयो । खेलको इन्जुरी समयमा क्यामरुनका लागि भिन्सेन्ट अबोउबाकारले गोल गर्दै क्यामरुनलाई जीत दिलाए । यद्यपि क्यामरुनका लागि यो जीत अन्तिम १६ मा पुग्नका लागि पर्याप्त भएन ।

आजै भएको दोस्रो खेलमा स्वीजरल्याण्डले सर्वियालाई ३–२ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भयो । स्वीजरल्याण्डका लागि जेहेर्दान साकिरीले २०औं मिनेटमा गोल गर्दै अग्रता दिलाए भने सर्वियाका लागि एलेक्जेनडर मितरोभिकले २६औं मिनेटमा गोल बराबरी गाेल फर्काए ।

पोर्चुगल र दक्षिण कोरिया नकआउट चरणमा
फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह एचको खेलमा पोर्चुगल र दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेका छन् ।

कतारको एजुकेसन सिटी स्टेडियममा हिजो भएको समूह चरणको निर्णायक खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २-१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । यस खेलसँगै पोर्चुगल समुह विजेता र दक्षिण कोरिया उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरे ।

खेलको पाँचौं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । त्यस्तै खेलको २७औं मिनेटमा कोरियाका किम योङ जीओनले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफसम्म एक-एक गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा कोरियाले एक गोल थप्दै दक्षिण कोरियाको जीत सुनिश्चित गर्यो । खेलको दोस्रो हाफको अतिरिक्त समयमा ह्वाङ हिचेनले गोल गरेपछि कोरियाले पोर्चुगलमाथि २-१ को जित निकाल्यो ।

यसैबीच हिजो भएको समूह एचको अर्को खेलमा उरुग्वे घानालाई २-० गोलअन्तरले विजयी भएको छ । घानाले खेलको १७औं मिनेटमा पेनाल्टीमार्फत् अग्रता लिने अवसर पाएको थियो । तर कप्तान आन्द्रे आयुको पेनाल्टी उरुग्वेका गोलरक्षक सर्जियो रोसेटले बचाए । रोसेटले पेनाल्टी क्षेत्रभित्र मोहमद कुडुसलाई लडाएपछि घानाले भिएआरको माध्यमबाट पेनाल्टी पाएको थियो ।

त्यस्तै उरुग्वेले खेलको २६औं मिनेटमा अग्रता लियो । नजिअर्जिअन डे अरासेटाले गोल गर्दै उरुग्वेलाई पहिलो अग्रता दिलाएपछि खेलको ३२औँ मिनेटमा अरासेटाले व्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेको जित सुनिश्चित गरे । खेलमा लुइस सुआरेजले दिएको पासलाई सदुपयोग गर्दै अरासेटाले गोल गरे ।

यससँगै समूह एचबाट घाना र उरुग्वे प्रतियोगिताबाट बाहिरिएका छन् । त्यस्तै यस नतिजासँगै पोर्चुगलले तीन खेलमा ६ अंक जोड्दै समूहको पहिलो स्थानमा रह्यो भने समान तीन खेल नै खेलेको दक्षिण कोरिया र उरुग्वेले ४–४ अंकसाथ दोस्रो र तेस्रो स्थानमा रहे । दुवैको गोलअन्तर शून्य भएपनि बढी गोल गरेको आधारमा कोरिया अन्तिम १६ मा पुगेको हो । कोरियाले ४ गोल गर्दा उरुग्वेले २ गोल गरेको थियो । घानाले ३ अंक जोड्दै चौथो स्थानमा रहयो ।

साथै, ३५औं मिनेटमा सर्बियाका लागि दुसान भोल्होभिकले गोल गर्दै २–१ गोल अन्तरले सर्बियालाई अग्रता दिलाए पनि स्वीजरल्याण्डका लागि खेलको ४८औं मिनेटमा ब्रिल एम्बोलो र रेमो फ्रेउलेरले क्रमशः ४४औं र ४८औं मिनेटमा गोल गरे । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र स्वीजरल्याण्ड जीतसँगै नकआउट चरणमा प्रवेश गर्न सफल भयो ।