अब दोलखाको मात्रै मत परिणाम आउन बाँकी, एमाले उम्मेदवार शिवाकोटीकाे अग्रता

अब दोलखाको मात्रै मत परिणाम आउन बाँकी, एमाले उम्मेदवार शिवाकोटीकाे अग्रता


ग्लोब नेपाल
9k
Shares

काठमाडौं । प्रतिनिधिसभाका १६५ स्थान मध्ये अब दोलखाको मात्रै मत परिणाम आउन बाँकी छ । दोलखामा मतगणना जारी छ ।

दोलखाको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार शिवाकोटीले १७ हजार ६ सय ९५ मत प्राप्त गरेका छन् । यसै अर्का उम्मेदवार माओवादी केन्द्रका गंगा कार्कीले १५ हजार ७ सय ९५ मत प्राप्त गरेका छन् । जारी गणनामा कार्की १ हजार ९ सय मतले पछि परेका छन् ।

यस्तै, प्रदेशसभातर्फ १ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले १४ हजार १ सय ५० मत प्राप्त गरेका छन् । एमालेका नरबहादुर श्रेष्ठले १० हजार ९ सय १५ मत ल्याएका छन् ।

यसैगरी, प्रदेशसभा-२ तर्फ नेकपा एमालेका भरत केसीले १९ हजार ४ सय १४ मत प्राप्त गरी विजयी भइसकेका छन् । उनकाे निकटम प्रतिद्वन्द्बी नेपाली काँग्रेसका बर्मा लामाले १७ हजार ५ सय ९५ मत ल्याएका थिए ।