दोलखा । दोलखाको प्रदेशसभा २ मा नेकपा (एमाले) का भरतबहादुर केसी निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार केसीले १९ हजार चार सय १४ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार पाँच सय ९५ मत प्राप्त गरे । प्रदेशसभामा निर्वाचित केसी यसअघि भीमेश्वर नगरपालिकाका प्रमुख थिए ।
उनका प्रतिस्पर्धी लामा नेपाली कांग्रेस दोलखाका सभापतिले निर्वाचनको नजिता आइसकेपछि केसीलाई बधाई दिएका थिए । यसअघि २०७४ सालको चुनावमा नेकपा (माओवादी केन्द्र) का विशाल खड्कासँग लामा प्रदेशसभा सदस्यमा पराजित भएका थिए ।


प्रतिक्रिया