थ्रेसहोल्ड नकटाएको नेकपा (एस) ले प्रदेशमा को–कस्लाई पठायो ?

थ्रेसहोल्ड नकटाएको नेकपा (एस) ले प्रदेशमा को–कस्लाई पठायो ?


ग्लोब नेपाल
1.6k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेससभाका लागि समानुपातिकतर्फ निर्वाचित सांसदको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । जसअनुसार प्रदेश १ मा विद्या चाम्लिङ राई, मधेश प्रदेशमा रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम सिफारिस भएको छ ।

यस्तै, बागमती प्रदेशमा मायादेवी शर्मा र ओमकुमार श्रेष्ठ छनोट भएका छन् । लुम्बिनी प्रदेशमा भगवती अधिकारी, कर्णाली प्रदेशमा कल्याणी खड्का र सुदूरपश्चिममा माया पन्तको नाम सिफारिस भएको छ ।

मंसिर ४ गतेको निर्वाचनमा समानुपातिकतर्फ प्राप्त गरेको मत अनुसार एकीकृत समाजवादी पार्टीले प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा प्रदेशमा १-१ जना, मधेश प्रदेशमा ३ र वाग्मतीमा २ सिट जितेको थियो ।