साईप्रसका लागि गैरआवासीय नेपाली राजदूत पदमा कान्ता रिजाल नियुक्त

साईप्रसका लागि गैरआवासीय नेपाली राजदूत पदमा कान्ता रिजाल नियुक्त


ग्लोब नेपाल
189
Shares

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपालको आवासीय राजदूत कान्ता रिजाललाई गणतन्त्र साईप्रसका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम रिजाललाई गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।