ईशान बाल तथा महिला अस्पतालमा आयाे नयाँ सञ्चालक समिति

ईशान बाल तथा महिला अस्पतालमा आयाे नयाँ सञ्चालक समिति


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । बसुन्धारास्थित ईशान बाल तथा महिला अस्पताल प्रालिमा नयाँ सञ्चालक समिति आएकाे छ । अस्पतालको २७ औँ बार्षिक साधारण तथा सातौ अधिवेशनबाट नौ जना सदस्य सञ्चालक समितिमा निर्वाचित भएका हुन् ।

निर्वाचित हुनेहरुमा जन थापा क्षेत्री, डा. गिता गुरुङ, डा. रामनन्दनप्रसाद चौधरी, प्रविश नरसिंह रायमाझी, निभेषमान श्रेष्ठ, डा. मोहनकुमार प्रसाई र डा. मिनु चौधरी, डा. राकेशकुमार साह र डा. रमेशप्रसाद सिंह रहेका छन् ।

चार वर्षका लागि निर्वाचित यी सदस्यहरुबाट अध्यक्ष, अस्पताल निर्देशक र अन्य उपसमिति संयोजक चयन हुनेछन् । त्यसका लागि अस्पतालले आगामी १० पुसको दिन तोकेको छ ।

विसं २०५२ सालमा स्थापित यस अस्पताल नेपालकै पहिलो निजी बाल अस्पताल हो । कुल ७३ जना शेयर सदस्य रहेको यस अस्पतालमा सञ्चालक समितिमा आउनका लागि १६ जनाले उम्मेद्धारी दिएका थिए । तर दुई जनाले आफ्नो उम्मेद्धारी फिर्ता लिएपछि निर्वाचनमा १४ जना होमिएका थिए । त्यसमध्ये अधिकतम भोट ल्याउनेहरु निर्वाचित भएका हुन् । विसं २०५२ साल कृष्णाष्टमीको दिनमा नेपालको पहिलो गैरसरकारी बाल अस्पतालको रुपमा स्थापित ईशान बाल नर्सिङ् होम प्रा.लि १५ बेडबाट शुरु भई हालको ईशान बाल तथा महिला अस्पताल प्रा.लिको रुपमा सेवा दिदै आएको छ । विगत २७ वर्षसम्म भाडाको घरमा उपचार सेवा दिइरहेको ईशानले गत बैशाख २४ देखि आफ्नै अत्याधुनिक भवनबाट सेवा दिईरहेको छ ।