नेता नेपाल अस्पताल भर्ना

नेता नेपाल अस्पताल भर्ना


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएपछि अस्पतालमा भर्ना भएका छन् । निमोनिया देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उनी भर्ना भएका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए । उनका अनुसार नेता नेपालको फोक्सो तथा श्वास नली सङ्क्रमण, ज्वरो, उच्च रक्तचापलगायत समस्या देखिएको छ ।

नेता नेपाललाई अस्पतालका उपनिर्देशक डा सन्तकुमार दासको नेतृत्वमा रहेको चिकित्सकको टोलीले उपचार गरिरहेको छ । उनको एक्सरे, रगत, दिसा परीक्षण गरिएको छ । उनी अस्पतालको डिलक्स क्याबिनको बेड नं ५०१ मा भर्ना गरिएको छ । नेता नेपाललाई केही दिन अस्पतालमा राखेर उपचार गर्नुपर्ने अधिकारीले बताए ।