कांग्रेस संसदीय दलको निर्वाचन सकियो, सुत्केरी सांसदको मत लिन प्रतिनिधि अस्पतालमै

कांग्रेस संसदीय दलको निर्वाचन सकियो, सुत्केरी सांसदको मत लिन प्रतिनिधि अस्पतालमै


ग्लोब नेपाल
837
Shares

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न भएको मतदान सकिएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ८ बजेबाट सुरू हुने भनिएको मतदान केहीबेर ढिला सुरू भएको थियो।

कांग्रेस संसदीय दलको नेता छान्न ८९ जना सांसदले मतदान गरेका छन्। ८९ सांसदमध्ये ८८ जनाले सिंहदरबारस्थित मतदान केन्द्रमै मत खसालेका थिए। कांग्रेसका एक सांसद सुत्केरी भएकाले उनको मतपत्र शिलबन्दी गरेर ल्याइएको छ। सांसद माया राई सुत्केरी भएका कारण संसदीय दलको कार्यालय सिंहदरबारमा उपस्थित हुन नसकेपछि निर्वाचन समितिका प्रतिनिधिले ओम अस्पतालमा पुगेर मतदान गराएका थिए।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेतामा उम्मेदवारी दिएका छन्। देउवाका प्रस्तावक नेता रामचन्द्र पौडेल र थापाका प्रस्तावक अर्का नेता डा. शेखर कोइराला छन्।

देउवाका समर्थक उपसभापति पूर्णबहादुर खड्का र थापाका समर्थक उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल छन्। दलका नेता चुनिन ४५ मत ल्याउनुपर्ने हुन्छ।