यही गठबन्धनबाट सरकार बन्छ, को प्रधानमन्त्री सल्लाह हुँदैछ : प्रचण्ड

यही गठबन्धनबाट सरकार बन्छ, को प्रधानमन्त्री सल्लाह हुँदैछ : प्रचण्ड


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै गठबन्धनबाट नयाँ सरकार बन्ने बताएका छन्। सांसदको शपथ लिएपछि आज नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले अहिलेकै गठबन्धनले नयाँ सरकार बनाउने बताए।

‘यही गठबन्धनबाट सरकार बन्छ। को प्रधानमन्त्री बन्ने सल्लाह हुँदैछ,’ प्रचण्डले भने। गठबन्धनमा पहिले को प्रधानमन्त्री बन्छ भन्ने प्रश्नमा उनले सल्लाह भइरहेको प्रतिक्रिया दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउन पुस १० गतेसम्मको समय दिएकी छन्।